
काठमाडौं। संयुक्त अरब इमिरेट्स युएईमा समस्यामा परेका नेपालीको उद्धारका लागि तय गरिएको उडान रद्ध गरिएको छ । आज र बिहीबार हुने भनिएको चार्टर्ड उडान रद्ध गरिएको हो।
आबुदाबीस्थित नेपाली दूतावासले हिजो सूचना जारी गर्दै असार २ र ४ गतेको उडान स्थगित भएको जानकारी दिएको हो । युएईमा समस्यामा परेका नेपालीलाई आज र पर्सी नेपाल एयरलाइन्स मार्फत स्वदेश फर्काउने तयारी गरिएको थियो ।
दूतावासले जारी गरेको सूचनामा प्राविधिक कारणले उडान स्थगन भएको उल्लेख छ । उडान रद्धबारेको सूचना आइतबारै दूतावासले आफ्नो आधिकारीक फेसबुक पेजमार्फत सार्वजनिक गरेको थियो ।
तर उक्त सूचना तत्काल हटाएर हिजो फेरि अर्को सूचना जारी गर्दै उडान स्थगन भएको जनाउ दिएको हो । तर अर्को उडान कहिले हुन्छ भन्नेबारेमा केही खुलाइएको छैन ।