
दमक । आज दिउँसो एक बजे पश्चात नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक बस्दै छ।
संसद अधिवेशन अन्त्य पश्चात्को अवस्था तथा पार्टीका अन्य विविध सांगठनिक गतिविधिका विषयमा उक्त बैठक अन्तर्गत छलफल हुने सुत्रले बताएको छ ।
पार्टी मुख्यालय पेरिसडाडाँमा बसिने बैठकमा अरु समसामयिक राजनितिक विषयमा पनि छलफल गरिने बताइएको छ ।