सर्वोच्च अदालतले सेवा कटौती गर्दै

दमक । कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै आजबाट सर्वोच्च अदालतले सेवा प्रवाहमा कटौती गर्ने नीर्णय गरेको छ।

प्रधानन्यायधीस तथा सम्पूर्ण न्यायधिशहरुको उपस्थितिमा मंगलबार बसेको सर्वोच्च अदालतको बैठकले वैशाख १५ देखि वैशाख मसान्तसम्म अति आवश्यक र महत्वका बाहेक बाँकी सबै सेवाहरु कटौती गर्ने निर्णय गरेको हो ।

बैठकले उच्च अदालत,जिल्ला अदालत र न्यायधीकरणहरुको हकमा स्थानीय परिस्थिति एवं जोखिम मुल्यांकनका आधारमा उपयुक्त देखिने कारवाहीहरुको व्यवस्था अदालतले मिलाउने कुरा जारी गरेको छ।

संक्रमण अवधिभर अदालतमा बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित जरुरी रिट निवेदनहरुको मात्र दर्ता र सुनुवाइ हुनेछ।