मोरङमा मकैबारी भित्र अर्धनग्न अबस्थामा महिलाको लाश भेटियो

दमक । मोरङको रतुवामाई नगरपालिका वार्ड नम्बर ४ स्थित भद्र चोकमा एक महिलाको लाश भेटिएको छ ।


पहिचान नखुलेको अन्दाजी ३०/३५ बर्षको देखिने महिलाको लाश मकैबारी भित्र भेटिएको छ ।अर्धनग्न अबस्थामा भेटिएको महिलाको लाश बलात्कार गरि हत्या गरिएको आशंका गरिएको छ ।अहिले घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिइ अनुसंधान थालेको छ ।