
काठमाडौं । जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साढे चार घण्टा छलफल भएको छ । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको छ ।
बहुमतको सरकार गठनका लागि आह्वान भइरहेका बेला ठाकुर र महतोले ओलीलाई भेटेका हुन । ठाकुरले बहुमतीय सरकार गठनमा सहभागि नहुने बताइसकेका छन् । जसपाको ठाकुर पक्ष प्रधानमन्त्री ओलीको समर्थनमा छ । उता, अर्का अध्यक्ष उपेन्द्र यादव विपक्षी गठबन्धनको पक्षमा छन् ।
प्रतिक्रिया दिनुहोस्