
काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको एसईईको नतिजामा त्रुटि भेटिएको छ ।
अनलाईनमा वियषगत ग्रेडिङसहितको नतिजा हेर्दा कतिपय अंक तालिकामा गम्भीर त्रुटि भेटिएको छ । प्रयोगात्मक परिक्षानै नभएको अनिवार्य गणित तर्फ प्रयोगात्मकको समेतमा अंक उल्लेख गरेको पाइएको छ ।
बोर्डले विगतमा पनि गम्भीर गल्ति गरेका उदाहरणहरु छन् । बोर्डका गल्तीका कारण कयौले ठुलो मुल्य समेत चुकाउनु परेको छ ।
यसपटक गल्ति नदोहोर्याउने भन्दै बोर्डले निकै सतर्कता अपनाएको जनाएको थियो । यस्तो गम्भीर त्रुटि देखिएपछि अन्य नतिजामा पनि विद्यार्थीहरुले शंका व्यक्त गरेका छन् ।
कतिपयको आफुले दिएको परीक्षा अनुसारको ग्रेडिङ नआएको गुनासो छ ।
हेर्नुहोस् त्रुटिपूर्ण लब्दाङ्ग पत्र :