सामाजिक बिकास मन्त्री अचानक बाहिरिए पछि

झापा: कोरोना महामारी बाट प्रभावित भएका बिद्यालयका समस्या र आगामी चुनौती बिषयमा भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कोरोना महामारी बाट बिद्यालयहरु अनिश्चितकालिन बन्द भएपछीको परिस्थिति बारेमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । इस्टु प्रदेश १ द्वारा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा इस्टु, प्याब्सन, एन प्याब्सन आवद्ध जिल्ला, प्रदेश तथा केन्द्रिय पदाधिकारीको सहभागीता रहेको थियो । इस्टु प्रदेश १ अध्यक्ष यादव अधिकारीले सभापतित्व गरेको कार्यक्रमको सहजीकरण इस्टु झापा जिल्ला अध्यक्ष होमराज खतिवडाले गरेका थिए ।

बिज्ञापन

अन्तरक्रिया कार्यक्रममा प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रमुख अतिथिको रूपमा धारणा राख्दै निजि बिद्यालय संग सम्बन्धित समस्या बारेमा प्रदेश सरकार गम्भीर भएको बताए ।

उठेका समस्यालाई संघीय सरकार समक्ष राखिदिने बताए । बाहिरबाट आएकाहरुमा संक्रमण देखिएको छ तर स्थानीय वासिन्दामा संक्रमण देखिएको छैन, हामीले उदयपुर भोजपुर दमकमा नियन्त्रण गर्न सकेनौ, झापाको कचनकवलमा प्रकोप छ तर समुदायमा पुग्न पाएको छैन, हामी १ नं. प्रदेशलाई कोरोना मुक्त घोषणा गर्ने प्रयासमा छौ । बिधालय खोल्ने परिस्थिति छैन । कोरोना हावा बाट सर्दैन, कसरी बच्ने र ज्युने भन्ने बारेमा चेतना फैलाउन जरुरी छ । इ लर्निङ सिस्टममा अगाडि बढ्नुको विकल्प छैन । बिरोध मात्र गरेर नहुने बताए । बिधालय शिक्षक र बिद्यार्थी अभिभावकले पालन गर्नुपर्ने विषय बारेमा चेतना फैलाउन निजि बिद्यालयलाई सुझाए । बिद्यालय संक्रमणको बाहक बन्न सक्छ भन्दै जोखिम न्यूनीकरणको लागि हातेमालो गर्नुपर्ने औल्याए । शिक्षकले तलब नपाएको पीडा संवेदनशील विषय भएको भन्दै कार्यक्षेत्रको सिमाको कारणले प्रदेश सरकारले निर्णय लिन असजिलो रहेको बताए । देश ब्यापी नीति ल्याएर अगाडि बढ्नुपर्ने बताए । संघीय सरकार संग राखेर पहल कदमी गर्ने आश्वासन दिए । एक आपसमा घनिभुत छलफल बाट निकास निकाल्न सुझाए ।

एन प्याब्सन झापा जिल्ला अध्यक्ष जय बहादुर श्रेष्ठ निजि बिधालय सरकारको बक्रदृस्ठिमा परेको बताए । सरकारका कुरालाई अक्षरस: पालना गर्दै आएको, चैत्र महिनाको शुल्क मिनाहा गर्नु अत्यन्तै कष्टकर बिषय भएको भन्दै तालिम, भौतिक संरचना मर्मत, परिक्षा सञ्चालन जस्तो महत्त्वपूर्ण काम गरिने महिनाको शुल्क लिन नपाउने भन्नू गलत भएको तर्क गरे । शिक्षकको बारेमा संबेदनसिल नभएको आरोप लगाए । निजि बिद्यालय प्रती सरकारले अत्यन्त पुर्वाग्रह राखेको आरोप लगाए । अनलाइन कक्षा लगायतका गतिविधिमा एन प्याब्सन को सक्रिय भुमिका रहेको, नो वर्क नो पे को सिद्धान्त अमानवीय चरीत्र भएको, अनलाइनमा ४ विषय पढाएर पूरा शुल्क लिन मिल्दैन भन्दै सरकारले व्यवहारिक बनाउन चासो नदेखाएको आरोप लगाए । सस्तो ब्याजदरमा ऋण उपलब्ध गराइयोस भन्दै कम्पुचिया र भियतनाम जस्ता देसले गरेको अनलाइन कक्षा लाई उदाहरण को रुपमा लिन सकिने बताए । सरकारको व्यवहार देख्दा न्याय खोज्न बिदेश जानुपर्ने बाध्यता भएको भन्दै दमकमा सञ्चालित आफु आवद्ध बिद्यालय झापा मोडलले बैशाख सम्मको पेश्की र चैत महिनाको तलब उपलब्ध गराइसकेको दाबी गरे । निशुल्क ईन्टरनेट सुबिधा बिद्यार्थीलाई दिनुपर्ने औल्याए ।

अन्तरक्रिया कार्यक्रममा आफू छोटो समयका लागि मात्र देखा परेको र अर्को मिटिङको लागि जानुपर्ने भएको भन्दै अन्तरक्रिया बाट प्रदेश १ सामाजिक बिकास मन्त्री घिमिरे साइन आउट भएका थिए ।

मन्त्री जस्तो जवाफदेहि व्यक्तिले महत्वपूर्ण बिषयमा समय नदिनु दु:खद भएको भन्दै सहभागीहरुले मन्त्री घिमिरेको तीखो आलोचना गरेका थिए ।

इस्टु नेता रोहिणी रमण दवाडीले मन्त्री जीवन घिमिरेले कुरा नसुनी बाहिरिनु विडम्बनापुर्ण रहेकोे भन्दै निजि शिक्षकहरु राज्यले नजरअन्दाज गर्ने वर्गमा परिएको, निजि बिद्यालय संचालकले शिक्षकलाई गलहत्याएर निकाल्ने गरेको प्रती आपत्ति प्रकट गरे । प्याब्सन एन प्याब्सनको गैर जिम्मेवारीले सिमा नाघिसकेको छ भन्दै बिरालोलाई कोठा भित्र थुनेर कुट्ने प्रयास नगर्न चेतावनी दिए । अभिभावक बाट शुल्क असुली सकेकोले सरकार संग बार्गेनिङ पावर गुमाएको आरोप लगाए । रिजर्भ फण्ड र इमर्जेन्सी फन्ड को व्यवस्थापन किन नगरेको भन्दै पारिश्रमिक नदिएको बारे गम्भीर चिन्ता प्रकट गरे । कोरोना नियती हो तर बिद्यालय संचालकको नियत राम्रो नदेखिएको बताए । सामुदायिक बिद्यालयले अहिले पनि चोर बाटो वाट प्रवेश परिक्षा लिने गरेको भन्दै सामुदायिक बिधालय सरकारको लगानीमा खुलेआम व्यापारको केन्द्र भएको टिप्पणी गरे ।राज्यको चरित्र संग शिक्षकहरु आजित भएको बताए । तलब समेत नदिइ बेइज्जतीपुर्ण तरिकाले शिक्षकलाई गलहत्याउनुको कारण के हो भन्दै हिम्मत भए बिद्यालय बन्द गरेको घोषणा गर्न चेतावनी दिए । काम गरेको पारिश्रमिक तुरुन्तै दाखिला गर्न आग्रह गरे । शिक्षक निकाल्ने प्रयास नगर्न आग्रह गरे । संयुक्त आवाज लिएर अगाडि बढ्न सुझाए ।

प्याव्सन प्रदेश अध्यक्ष युवराज वसिस्ट ले चैत्र महिनाको तलब नदिएको तथ्य निकै अनौठो भएको धारणा व्यक्त गरे । बिद्यालयमा देखिएको समस्या स्वयं बिद्यालयले हल गर्न सुझाव दिए । शिक्षक बाच्नु पर्यो भन्दै समस्या प्रती प्याब्सन गम्भीर रहेको बताए । संवेदनशील विषयमा समेत स्पष्ट धारणा राख्न नसक्ने र हरेक सवालमा संघीय सरकारको मुख ताक्ने प्रदेश सरकारको औचित्य के छ? टिप्पणी गरे । योगदानमा आधारित सा. सु . कार्यक्रममा केही जटिलता रहेकोे र चाडै साझा धारणा आउने भन्दै प्याब्सन, इस्टु र एन प्याब्सनको साझा धारणाको आवस्यकता औल्याए । इस्टुले उठाएको रिजर्भ फण्ड को विषयमा बिद्यालय संचालक संवेदनशील रहेको बताए ।

इस्टु झापा जिल्ला अध्यक्ष होमराज खतिवडाले कार्यक्रमको सहजीकरण गर्दै एक आपसमा संयम राख्नु पर्ने बताए । निजि विद्यालयको लगानीको संरक्षण हुनुपर्नेमा इस्टु संवेदनशील रहेको बताए । भोको पेटले गरेको बिद्रोह संसार भर सफल भएको स्मरण गर्न आग्रह गर्दै शिक्षकहरु भोकै वस्न नसक्ने चेतावनी दिए ।

इस्टु केन्द्रिय अध्यक्ष होम कुमार थापाले कोरोना महामारी संगै देखिएका विभिन्न समस्या, आगामी दिनमा आइपर्ने चुनौती र समाधानका उपायहरू बारे लामो चर्चा गरेका थिए ।

प्याब्सन केन्द्रिय उपाध्यक्ष नारायण घिमिरेले राज्यले निजि बिधालयलाई बन्द गराउने नीति अख्तियार गरेको भन्दै असामान्य परिस्थिति सृजना नगर्न सरकार संग आग्रह गरे । अनलाइन शिक्षाको आवस्यकतामा गम्भीर हुन आग्रह गरे । सरकारको सहभागीता र सहयोग भए अनलाइन कक्षा संचालन गर्न सकिने बताए । बैशाख र जेष्ठको पारिश्रमिक दिन प्याब्सन सचेत रहेको बताए । निजि बिद्यालय बैंकको ऋण लगायतका आफ्नै खाले गम्भीर समस्याहरु रहेकोे भन्दै संकटको समयमा भित्री समस्यालाई बिर्सिएर साझा बिन्दु खोज्न प्याब्सन गम्भीर रहेको बताए । सरकारको बिद्यालय मर्जिङ गर्ने बिषय गम्भीर भएको भन्दै सरकारका सबै निति कार्यक्रम निजी बिद्यालय द्वारा मान्न नसकिने टिप्पणी गरे ।