थप ८३०५ जनामा कोरोना पुष्टि, १९० को मृत्यु

पछिल्लो २४ घण्टामा थप ८३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा १९० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । यस्तै ७ हजार ९८९ जना संक्रमण मुक्त भएका थिए ।

मन्त्रालयले आजसम्म देशभर सक्रिय संक्रमित १ लाख १५ हजार ८५२ नाघेको जनाएको छ भने मृतकको कुल संख्या ५ हजार ८४७ पुगेको छ । बितेको २४ घण्टामा २२ हजार ८७ जनामा कोरोना परीक्षण भएको थियो ।