
एजेन्सी । युरो कप फुटबल प्रतियोगिता २०२० को तयारीमा रहेको क्रोएसिया र विश्वकप छनोटको तयारीमा रहेको अर्मानियाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ११ गोलको बराबरी खेलेका छन् । मङ्गलबार राति क्रोएसियाको घरेलु मैदानमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् ।
खेलमा क्रोएसियाले सुरुवाती अग्रता बनाएको थियो । उसका लागि खेलको २३औं मिनेटमा इभान पेरिसिकले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफभरि १० गोलको अग्रता बनाएको क्रोएसियाले दोस्रो हाफमा भने उक्त अग्रता जोगाउन सकेन ।
दोस्रो हाफको खेलको ७२औं मिनेटमा पाहुना टोली अर्मानियाको लागि वेबेमार अन्गुलोले गोल गरेपछि खेल बराबरीमा फर्कियो ।