आज देशभर सामान्य बदली रही धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौँ : मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागभन्दा केही तल रहेकाले विस्तारै मनसुन कमजोर बन्दै गएको छ । मौसम पूर्वानुमान महाशाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

भारी वर्षासँगै पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागको भनाइ छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउनसमेत विभागले आग्रह गरेको छ ।