
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा हजार तीन हजार ४७९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ४७१ वटा नमुनाको पीसीआर तथा तीन हजार २६२ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा तीन हजार ४७९ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण ९९ जनाको मृत्यु पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट ६ हजार ६३६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइताबर जनाएको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ८९ हजार २१७ रहेको जनाइएको छ ।