
शनिबार थपिए १ हजार ६८८ संक्रमित थपिएका छन् । स्वासथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित कूल संक्रमितकाे संख्या ६ लाख १९ हजार ६३५ पुगेकाे छ।
आज एकैदिन ३ हजार ६६० जनाले काेरोना जितेका छन् ।
आजसम्म ५ लाख ५३ हजार २४२ जनाले कोरोना जितेर घर फर्केका छन् ।
साथै सकृय संक्रमितकाे संख्या ५७ हजार ६१८ जना छन् । आज थप ३४ जनाकाे मृत्यु भएसँगै कूल मृतककाे संख्या ८ हजार ६७५ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।