
झापा । नेपाली काँग्रेसले राष्ट्रय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी पार्टीमा समाहित भएको सुनील थापा समूहलाई ५५ जना महासमिति सदस्य दिएको छ ।
उपसभापति विमलेन्द्र निधि नेतृत्वको अन्तर पार्टी समायोजन समितिले केन्द्रीय समितिको निर्णयअनुसार थापाको समूहलाई ५५ जना महासमिति सदस्य दिएको हो । जसमा सहमहामन्त्री थापासहित १० जना काँग्रेस केन्द्रीय कमिटीमा समेत छन् । काँग्रेसमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ ।
समायोजनका नाममा थापा समूहका ४५ जना पनि स्वतः महाधिवेशन प्रतिनिधि हुने भएकाले उनीहरुले १४ औं महाधिवेशनमा मतदात गर्ने पाउने भएका छन् ।
झापाबाट सुनिल बहादुर थापा समुहले महासमिति सदस्य मा भुपेन्द्र ब ढुङ्गानालाई पनि समायोजन गरेको छ । ढुङ्गाना सुर्य ब थापा परिवार संग निकट रहेर पन्चायतकालदेखि राजनिति गर्दै आएका राप्रपाका पुर्व केन्द्रीय परिषद सदस्य , क्षेत्रीय अध्यक्ष र जिल्ला सदस्य पनि हुन । हाल महासमितिमा समायोजित ढुङ्गाना जिल्ला बिकास सदस्य रहेर काम गरिसकेका , २०५४ र २०७४ मा बैगुन्धुराका अध्यक्ष का उमेदवार पनि हुन । उनि संगै झापाबाट आ. केन्द्रीय सदस्य दिलिप राई , बिश्वनाथ श्रेष्ठ र चतुरमान बिश्वकर्मा पनि काङ्ग्रेस महासमितिमा अटाएका छन ।
काँग्रेसमा महासमिति सदस्य निर्वाचित भएर आउनुपर्ने प्रावधान भएपनि थापा समूहलाई १४ औं महाधिवेशनका लागि निर्वाचित भएर आउन नपर्ने गरी महासमिति सदस्यमा समेटिएको छ ।
थापा समूहले १ सय ५० जना महासमिति सदस्य माग गरेपनि असार ८ गते ५५ जनालाई समेटिएको छ । केही जिल्लाको समायोजन हुन बाँकी रहेका अझै केही सदस्य थपिने बुझिएको छ ।