मोटरसाइकलले ठक्कर दिँदा बालिका गम्भीर घाइते

काठमाडौँ : चितवनमा मोटरसाइकलको ठक्करबाट एक बालिका गम्भीर घाइते भएकी छन् । भरतपुर महानगरपालिका–२६, हिरापुरमा मोटरसाइकलको ठक्करबाट स्थानीय नौ वर्षीया प्रकृति नेपाली घाइते भएकी हुन् ।

 

पैदल हिँडिरहेकी उनलाई गए राति ११ बजेतिर ना५५प ८८३३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

उनको कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलसहित चालकलाई प्रहरीचौकी रामपुरले नियन्त्रणमा लिएको जनाइएको छ ।