अल्जेरियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

अल्जेरियाका प्रधानमन्त्री अयमान बेनाब्डेराहमन कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । स्वाब परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको सरकारी अधिकारीहरूले शनिबार जानकारी दिएका हुन् ।

सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री बेनाब्डेराहमन अहिले छुट्टै बस्न थालेका छन् । घरभित्र छुट्टै बसे पनि उनले कतिपय काम भने गरिरहेका सचिवालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

उनलाई सङ्क्रमण पुष्टि भए पनि अवस्था भने सामान्य नै रहेको जनाइएको छ ।

उनलाई देशका बरिष्ठ चिकित्सकहरुको निगरानी पनि रहेको छ ।  बे अल्जेरियामा पछिल्ला केहीदिन देखि कोरोनाभाइरसको सङ्क्रमण अत्यधिक बृद्धि भएको छ ।

अहिले दैनिक झण्डै दुई सय जनाको दरले सङ्क्रमितहररुको सङ्ख्या बृद्धि भएको अधिकारीहरूले जानकारी दिएका छन् ।