
काठमाण्डौ । मलेसियामा भएको एसीसी यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । उपाधिसँगै नेपालले श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कपमा छनोट हुन सफल भएको छ ।
मंगलबार भएको फाइनल खेलमा हङकङलाई ६ विकेटले हराउँदै नेपाल विजेता भएको हो । हङकङले दिएको ९६ रनको लक्ष्य नेपाली युवा टोलीले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरी जित हात पारेको हो ।
नेपालले समूह चरणका खेलमा चीनलाई १० विकेट र सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो । सोमबार भएको सेमिफाइनलमा मेलेसियालाई ७ विकेटले पराजित गरी नेपाली युवा टोली फाइनलमा प्रवेश गरेको थियो।