झापामा कोरोना संक्रमणबाट  ल्याब टेक्निसियन युवतीको मृत्यु

झापा : जिल्ला कोरोना संक्रमित एक युवतिको शनिबार बिहान मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका–६ की २५ वर्षीय एक ल्याब टेक्निसियन युवतीको मृत्यु भएको हो ।

युवतीलाई रुघाखोकी, ज्वरोलगायतका समस्या बढ्दै गएपछि थप उपचारका लागि एक हप्ता अघि नोबेल अस्पताल विराटनगर लगिएको थियो । अस्पतालमा लगेर कोरोना टेष्ट गर्दा उनमा कोरोना पोजिटिभ देखिएको पारिवारिक स्रोतले बताएको छ ।

बिज्ञापन

जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चम्लागाईका अनुसार झापाका कोरोना पोजिटिभ देखिएर मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।