
काठमाडौं। पशुपतिनाथ मन्दिर भित्र सिरिञ्ज आक्रमण भएको छ । एक महिलाले आफूमाथि सिरिञ्ज आक्रमण भएको गुनासो गरेपछि परीक्षणका लागि प्रहरीले अस्पताल पठाएको छ ।
अहिले प्रहरीले पशुपतिका चारै ढोका बन्द गरेर शंकास्पद व्यक्तिको खोजी जारी राखेको छ । घटनाका बारेमा जानकारी दिँदै प्रहरी निरिक्षक कपुर गुरुङले ५२ वर्षकी एक महिलाले सिरिञ्ज आक्रमण भएको गुनासो गरेको बताए ।
उनले भने,’अन्दाजि ५२ बर्षिय महिलाबाट हुनासो आएपछी हामीले उहाँलाइ अस्पताल पठाएका छौ। शंकास्पद व्यक्तिको खोजी जारी छ।’ गुनासो गर्ने महिलालाई सुक्रराज ट्रपिकल अस्पताल टेकु पठाइयो ।
काठमाडौ प्रहरीले भने यो हल्ला मात्रै पनि हुन सक्ने दाबी गरेको छ । यसअघि बनेपामा पनि सिरिञ्ज आक्रमणको हल्ला चलाइएको थियो ।