कपिलवस्तुबाट रेड पान्डाको छालासहित  ३ जना पक्राउ

कपिलवस्तु : कपिलवस्तुको वाणगंगा नगरपालिकाबाट रेड पान्डाको छालासहित तीन जना पक्राउ परेका छन् । जिल्लाको सिद्धिपुरस्थित बराल होटल रेष्टुरेन्ट एण्ड लजको कोठा नम्बर १०४ बाट २ थान रेड पान्डाको छाला र १ थान रेड पान्डाको पुच्छरसहित ३ जनालाई बिहीबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–५ का २९ वर्षीय खगेन्द्र पुरी, सोही ठाउँ बस्ने ३२ वर्षीय आशिष जोगी र २६ वर्षीय सौरभ राजवंशी रहेको प्रहरीले जनाएको छ । उक्त लजमा रेड पान्डाको छाला कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले छाला र पुच्छरसहित उनीहरूलाई पक्राउ गरेको हो ।