
जनता समाजवादी पार्टीबाट छुट्टिएर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा ) दर्ता गर्न संघीय संसद्का १५ जना सांसदले निर्वाचन आयोगमा सनाखत गरेका छन्।
जसपाका प्रतिनिधि सभामा ३४ र राष्ट्रिय सभामा तीन जना सांसद छन् । तीमध्ये दुई जना निलम्बनमा परेका छन्।
निलम्बनमा परेका सांसद रेशम चौधरीले डिल्लीबजार कारागारबाट मञ्जुरीनामा दिएको केशव झाले बताए। चौधरीसहित प्रतिनिधि सभाका १४ र राष्ट्रिय सभाका एक जना सांसदले नयाँ पार्टी दर्ताका लागि सनाखत गरेको झाले जानकारी दिए।
१५ जनाले सनाखत गरेसँगै ठाकुर नेतृत्वको लोसपा दर्ता हुने भएको छ। केही समयअघि जारी भएको अध्यादेशअनुसार कुनै दल विभाजन हुन केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत बहुमत पुग्ने व्यवस्था छ।