
काठमाडौं उपत्यकामा करिब पाँच महिनापछि निषेधाज्ञा हटाइएको छ । आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुकाे संयुक्त बैटकले लकडाउन हटाउने निर्णय गरेकाे हाे ।
काठमाडौं उपत्यकाका फिल्म हलहरु भोलिदेखि खुल्ने भएका छन् । साथै डान्सबार तथा दोहोरी साँझ पनि खुल्ने भएका हुन् ।
स्थानीय तहसँग समन्वय गरेर शैक्षिक संस्था पनि खुलाउन सक्ने भएकाे छ ।