प्रदेशसभामा एकीकृत समाजवादीको बहुमत

जनकपुरधाम- प्रदेशसभा नं २ मा नेकपा एमाले विभाजित हुँदा नवगठित नेकपा एकीकृत समाजवादी पार्टीमा बहुमत देखिएको छ ।

संसदीय दलका २१ मध्ये बिहीबार प्रदेश नं २को निर्वाचन आयोगको कार्यालयमा उक्त दल रोजेर सनाखत गर्ने ११ जना पुगेका हुन् र  हाल दिल्लीमा उपचाररत डिल्लीप्रसाद उप्रेतीले हिजै साँझ निर्वाचन आयोगको स्वीकृतिमा त्यहाँस्थित नेपाली दूतावासमार्फत समाजवादी दल रोज्नुभएको पत्र आएपछि यो सङ्ख्या ११ पुगेको हो ।

सनाखत गर्नेहरूमा संसदीय दलका नेता रहनुभएका शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, नागेन्द्र यादव, खुशीमा खातुन, प्रमोद यादव, रवीन्द्र बैठा, बेची लुङ्गेली, अशोक यादव, मदन जैन श्रीवास्तव र मञ्जु यादव रहेका छन् ।

सत्यनारायण मण्डल, त्रिलोकीप्रसाद, अनिता यादव, मनोजकुमार सिंह, शारदादेवी थापा, किशोरी साह कमल, लगनलाल चौधरी र जगतारैणदेवी सुँडीले मूल पार्टीमै रहने स्पष्ट पार्नुका साथै  पछिल्लोपटक  सुन्दर विश्वकर्मा र सीता गुरुङ हिजो एमालेको कार्यक्रममा सहभागी भएपछि  १० जना पुगेकोे हो ।

नेता  महतोले विश्वकर्मा र गुरुङले तोकिएको म्याद ९भदौ २२ भित्र एकीकृत समाजवादीमै आएर सनाखत गर्ने जिकिर गर्नुभए पनि एमालेको प्रदेशस्तरीय कार्यक्रममा बिहीबार दुबै सहभागी भएकाले महतोको जिकिर  नपुग्ने एमाले नेता सत्यनारायणले बताए ।