अफगानिस्तानलाई तीन अर्ब रुपैयाँ भन्दा धेरैको सहयोग गर्ने चीनको घोषणा

काठमाडौँ : चीनले अफगानिस्तानलाई २ सय मिलियन युआन (तीन अर्ब रुपैयाँ भन्दा बढी) को सहायता दिने प्रतिवद्धता व्यक्त गरेको छ । यसमा खाद्य आपूर्ति र कोरोना भाइरसको खोप सहायता पनि रहेको बीबीसीले जनाएको छ ।

चीनले पहिले नै तालिबान सरकारसँग सम्पर्कमा रहन इच्छुक रहेको बताएको थियो । चीनले अफगानिस्तानमा नयाँ अन्तरिम सरकारको गठन कानुनी व्यवस्था कायम राख्न जरुरी रहेको बताएको थियो । अफगानिस्तानमा तालिबानको अन्तरिम सरकार गठन भएको छ र देशलाई ’इस्लामिक’ घोषणा गरिएको छ ।

अमेरिकाले भने अफगानिस्तानको अन्तरिम सरकारलाई मान्यता दिन कुनै हतार नरहेको स्पष्ट गरिरहँदा चीनले भने चाँडै सहायता पेश गरेको हो । चीनका विदेश मन्त्री वांग यीले बुधवार अफगानिस्तान कयौं छिमेकी देश पाकिस्तान, इरान, ताजिकिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तानका आफ्ना समकक्षीसँगको बैठकका क्रममा अफगानिस्तानलाई दिन लागिएको सहयोगको घोषणा गरेका छन् ।