
फ्रान्सेली विदेश मन्त्री जेन याभ्स ले द्रियनले अफगानिस्तानमा तालिबान सरकारलाई मान्यता नदिने बताएका छन्। शनिबार राति कतार जानुअघि भएको अन्तर्वार्तामा उनले झुटो बोल्ने तालिबानसँग फ्रान्सको सम्बन्ध नहुने बताएका छन् ।
अफगानिस्तानमा विदेशी नागरिकलाई फिर्ता गर्ने विषयमा आज कतारमा छलफविदेशमन्त्री द्रियानले एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन्, “उनीहरुले विदेशी र केही अफगानीहरुलाई आफ्नो इच्छा अनुसार देश छोडेर भाग्न दिइने बताएका थिए। नयाँ सरकार पनि बैठक हुनेछ । तर तिनीहरूले झूट बोलेका थिए।”ल भएको छ। छलफलमा फ्रान्स पनि सहभागी हुनेछ ।
उनले फ्रान्सले तालिबानको नयाँ सरकारलाई मान्यता दिने छैन र यसको शासनसँग कुनै सम्बन्ध हुने छैन भने। उनले तालिबानको आर्थिक सहयोग र अन्तर्राष्ट्रिय सम्बन्धको आवश्यकता उनीहरुको भूमिकामा निर्भर हुने बताए।
फ्रान्सले अहिलेसम्म ३ हजार नागरिकलाई अफगानिस्तानबाट निकालेको छ। विदेश मन्त्री द्रियानले फ्रान्ससँग जोडिएका केही फ्रान्सेली नागरिक र अफगान नागरिक अझै पनि अफगानिस्तानमा फसिरहेका हुनसक्ने बताए।