
काठमाडौं — पछिल्लो २४ घण्टामा १५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार २०८ पीसीआर परीक्षण गर्दा १ हजार १६५ जना र ३ हजार ९७१ एन्टिजेन परीक्षण गर्दा ३४६ गरी १ हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ । हाल कोरोना संक्रमणबाट ११ हजार २ सयले ज्यान गुमाइसकेका छन् ।
बिीहबार १ हजार ६८९ जना निको भएका छन् । हालसम्म ९५.३ प्रतिशत संक्रमित निको भइसकेका छन् ।
हाल २५ हजार ७७२ सक्रिय संक्रमित छन् ।