एकीकृत समाजवादी पार्टीको मासिक ३ लाख भाडा तिर्ने गरी पार्टी कार्यालयको आज उद्घाटन

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को राजधानीको बानेश्वर–आलोकनगरमा  मासिक ३ लाख भाडा तिर्ने गरी पार्टी कार्यालय शुक्रबार उद्घाटन भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले एक कार्यक्रमका बीच कार्यालय उद्घाटन गरेका हुन् ।

नेकपा एकीकृत समाजवादीका नेता बेदुराम भुसालले मासिक ३ लाख भाडा तिर्ने गरी पार्टी कार्यालय सञ्चालनमा आएको बताए । पार्टी कार्यालय रहेको घर चार तले रहेको छ भने अर्को घर निर्माणाधीन रहेको र त्यसको निर्माण पूरा भएपछि एकीकृत समाजवादी पार्टीले नै प्रयोग गर्ने छ ।