बलिउड अभिनेता सुनिल सेट्टीले नेपाली फिल्म खेल्ने

काठमाडौं । बलिउड अभिनेता सुनिल सेट्टीले नेपाली फिल्म खेल्ने भएका छन्।
निर्देशक मुकुन्द भट्टले निर्देशन गर्न लागेको फिल्म ‘एक्स नाइन’मा सेट्टीको मुख्य भूमिका रहने बताइएको छ।
निर्देशक भट्टले सेट्टीलाई भेटेर कुराकानी गरिसकेको र उनी सकारात्मक देखिएको बताएका छन्।

भट्टले सामाजिक सञ्जालमा एउटा पोस्ट गरेका छन्, ‘एक निर्देशकको रुपमा तपाईंसँग काम गर्न पाउँदा खुसी छु सुनिल सर। तपाईंलाई हाम्रो नेपालमा स्वागत छ।’
भट्टले छिट्टै ट्रेलर मार्फत् आधिकारिक घोषणा गर्ने बताएका छन्।
एक्सन जनराको फिल्ममा सौगात मल्ल, अनमोल केसी, अनुप विक्रम शाही, प्रियंका कार्की लगायतका कलाकारको समेत मुख्य भूमिका हुने बताइएको छ।