यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ : आज देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमबार बिहान पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसमविदले बताएका छन् ।

यस्तै दिउँसो देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ । यस्तै प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी राति पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ।