
आज मिति २०७८ साल मंसिर ०७ गते, मंगलबार । इश्वी सन २०२१ नोभेम्बर २३ । शकसंवत् १९४३ । नेपाल संवत ११४२ कछलागा । राक्षस । दक्षिणायन । हेमन्त । मार्ग कृष्णपक्ष । तिथिः चतुर्थी, २१ः३६ बवे उप्रन्त पञ्चमी । नक्षत्रः आद्र्रा, ११ः५१ बजे उप्रान्त पुनर्वशु । योगः शुभ, ३०ः१४ बजे उप्रान्त शुक्ल । करणः वव ८ः४२ बजे उप्रान्त शुक्ल, २१ः२६ बजे उप्रान्त गर ।
मेष : प्रेम प्रेमिका विचको सम्बन्ध जीवन सहयात्रीको रुपमा प्रवेश गर्नेछ । पारिवारिक सम्बन्धमा मिलन हुनेछ । केही नयाँ कामहरु सुरुवात गरिनेछ ।
वृष : आर्थिक अभावको कारण पारिवारिक समस्या बढ्नेछ । अध्ययनको लागि यात्रा गरिनेछ । राजनैतिक प्रतिस्पर्धाम विजयी भइनेछ ।
मिथुन : व्यापार व्यवसायमा सफलता मिल्नेछ । प्रेम प्रस्तावले मनमा द्विविधा उत्पन्न गराउनेछ । वैदेशिक कार्य सम्पन्न हुनेछ । यात्रामा केही कष्ठ भोग्नुपर्नेछ।
कर्कट : मानसिक शान्तिको लागि एकान्तमा रमाइनेछ । मध्यान्हदेखि कार्यमा व्यस्त भइनेछ । अध्ययनमा रुचि बढ्नेछ । प्रेमिकाद्वारा धोका पाइने छ ।
सिंह : बोल्दा निकै ख्याल राख्नुहोला आर्थिक नोक्शानी हुनेछ । मित्रजनको सहयोगले रोकिएका कार्यहरु बन्ने छन् । प्रेममा सफलता मिल्नेछ ।
कन्या : नयाँ कार्य आरम्भ गरिनेछ । महत्वपूर्ण भेटघाट हुनेछ भने मित्र जनदेखि आर्थिक धोका हुनेछ । अध्यनासिल व्यक्तिको लागि शुभ समय रहनेछ ।
तुला : आर्थिक अभावले गर्दा महत्वपूर्ण कार्य रोकिनेछ । सामाजिक कार्यमा बढि समय बित्नेछ । प्रेमिकाको सहयोग मध्यान्हदेखि केही उत्साह थपिने छ ।
वृश्चिक : व्यापार व्यवसायमा मनग्य आम्दानी हुनेछ । अध्यनको लागि घरदेखि टाढा जाने देखिन्छ । प्रेम प्रमिकाको विचमा विवाद उत्पन्न हुनेछ । बोल्दा विचार गर्नुहोला ।
धनु : अध्ययनको लागि आर्थिक समस्या हुनेछ । स्वास्थ्यमा मध्यान्हदेखि समस्या बढ्नेछ । मित्रजनको सहयोगले केही सजिलो हुनेछ । वैदेशिक कार्यमा सफलता मिल्नेछ ।
मकर : प्रेम प्रस्ताव आउनेछ । अध्ययनले शिखर चुम्नेछ । आजको दिन निकै महत्वपूर्ण दिन रहनेछ । पारिवारिक सम्बन्धमा निकै प्रेम तथा स्नेह रहनेछ।
कुम्भ : आर्थिक तथा सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । सहयोगी मित्रजनको कारणले नयाँ कार्यहरु थपिने छन् । प्रेमिका तथा प्रेमसँगको विवादले सन्ध्याकालमा तनाव उत्पन्न हुनेछ ।
मीन : पारिवारिक सम्बन्धमा राम्रो गर्दा गर्दै पनि दोष लाग्नेछ । अध्यनगर्ने रुचि हराउने छ । महत्वपूर्ण कार्य आरम्भ गरिनेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।