
चितवन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेले देश र जनताको पक्षमा आफूलाई उभ्याउनुपर्ने बताएका छन् ।
चितवनको नारायणी किनारमा एमाले महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै यादवले संविधानलाई अझ समावेशी र संघीयतालाई अझ प्रभावी बनाउन सबै राजनीतिक दलले योगदान गर्नुपर्ने बताए ।
‘संविधानलाई अझ परिष्कृत बनाएर हामीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बढी मजबुत बनाउन आवश्यक छ ।
त्यसका लागि एमालेको महाधिवेशन देश र जनताको पक्षमा उभियोस्’, यादवले भने ।