वर्षमानको परिवार र नाताभित्र पदै पद, सम्धीदेखि सालीसम्म पदप्रतिष्ठाले भरिए

काठमाडौं । जनयुद्धमा जिन्दगी हत्केलामा राखेर परिवारसहित युद्धमा होम्मिएका पूर्वमाओवादी नेताहरुको जीवनशैली साँच्चिकै आलिसान छ । उनीहरुको जीवन सुखमय मात्र नभई आफ्न्तजनको जीवन पनि उच्च खानदानिया र पद प्रतिष्ठाले भरिएको छ ।

 

 

जनयुद्धका नायक पुष्पकमल दाहाल प्रचण्डको जीवन आलिसान मात्र छैन, उनको परिवार पद प्रतिष्ठाले भरिएको छ । प्रचण्ड नेकपाको अध्यक्ष छन् भने बुहारी विना मगर खानेपानी तथा सरसफाईमन्त्री छिन् ।

 

भतिजा महेश दाहाल अस्टे«लियाका लागि नेपाली राजदूत छन् भने छोरी रेणु दाहाल भरतपुर महानगरपालिकाकी मेयर छिन् ।

 

त्यसैगरी अर्की छोरी गंगा दाहाल सरकारी सुविधासहित स्वकीय सचिव छिन् । जेठा ज्वाइँ सागर केसी उपराष्ट्रपतिको बैतनिक सल्लाहकार छन् ।

 

माइला ज्वाइँ अर्जुन पाठक सरकारी सुविधासहित रेणु दाहालका स्वकीय सचिव छन् । चूडामणि खड्का रेणुका नन्देभाई समानुपातिक सांसद छन् ।

 

जनयुद्धका नायक प्रचण्डलाई युद्धका एक कमाण्डर बर्षमान पुनले उछिनेका छन् । प्रचण्ड परिवारका ६ जनाले लाभका पद लिएका छन् भने बर्षमानका परिवारमा १२ जनाले लाभको पद लिएका छन् ।

 

पुन नेकपा स्थायी समिति सदस्य र उर्जामन्त्री छन् । उनकी पत्नी तथा नेपालकै पहिलो महिला सभामुख ओनसरी घर्ति सांसद र नेकपाको प्रदेश प्रमुृख छन् । बहिनी मनकुमारी पनि रोल्पा नगरपालिकाको उपमेयर छिन् भने अर्की बहिनी सुशीला सांसद छिन् ।

 

ज्वाइँ नेकपाको जिल्ला नेता छन् । भतिजा मन्त्रीको स्वकीय सचिव छन् । साली संसद सचिवालयमा उच्च तहकी कर्मचारी छिन् । काका बाबुलाल पुन ओनसरीका स्वकीय हुन् भने भाई सिजल पुन सांसद छन् ।

 

मामाको छोरा डोरे पुन सभामुख कृष्णबहादुर महराका स्वकीय सचिव छन् भने काकाको छोरा अग्रिम पुन वाइसिएलका अध्यक्ष थिएँ । सम्धी सुरेन्द्र थापा रोल्पा नेकपाको पार्टी अध्यक्ष छन् ।

 

बर्षमान पूर्वमाओवादीभित्र निकै शक्तिशाली नेता हुन् । शक्तिशाली नेताले परिवार र आफ्न्तलाई पदैपदले भरिदिएका छन् । जनयुद्धमा बन्दुक बोकेर काँध लागेका प्रभावशाली ब्यक्तिहरुको जीवन यतिबेला कष्टकर छ । तर नेता परिवारका जीवन भने साँच्चिकै आलिशान बन्दै गएको छ ।

 

बर्षमान वर्तमान सरकारका शक्तिशाली मात्र नभई सफल मन्त्री पनि हुन् । अन्य मन्त्रालयकोभन्दा उनको मन्त्रालयले राम्रो काम गरेको देखिन्छ । बिद्युत उत्पादन र विकासका क्षेत्रमा उनले इतिहास नै कायम गरेका छन् । तरपनि परिवारभित्रको पदै पदले उनीमाथी प्रश्न उठ्ने ठाँउ रहेको छ । साभार: Yeskathmandu