
भारतमा पछिल्लो २४ घण्टामा ८ हजार ३०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४६ लाख २४ हजार ६५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा भारतमा ८ हजार ६१२ जना निको भएका छन् ।यो समाचार तयार पार्दासम्म भारतमा १ लाख ८ हजार १४५ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा १३९ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ७० हजार २५४ पुगेको छ ।