एक सातासम्म विद्यालय बन्द

विद्यालयका एक शिक्षकलाई कोभिड-१९ सङ्क्रमण पुष्टि भएपछि १० पुससम्म विद्यालय बन्द गरिएको छ ।

धनकुटाको पाख्रिबास नपा-५ स्थित जाल्पादेवी माध्यमिक विद्यालयमा कार्यरत ती शिक्षकको कोभिड-१९ परीक्षण गर्दा नतिजा पोजेटिभ आएको विद्यालयका प्रधानाध्यापक निर्मल रिमालले बताए।

पोजेटिभ आएका शिक्षक घरैमा होम आइसोलेसनमा छन् ।

विद्यालयमा कार्यरत अन्य दुई शिक्षकमा पनि कोभिड सङ्क्रमणको आशङ्का गरिएकामा नतिजा नेगेटिभ आएको प्रधानाध्यापक रिमालले बताए ।

१० पुसपछि सङ्क्रमित शिक्षकको अवस्था, अन्य विद्यार्थी र शिक्षकको अवस्था सामान्य रहे विद्यालय सञ्चालन गर्ने र अवस्था असामान्य रहे पुनः बैठक बसेर निर्णय गर्ने  रिमालले जानकारी दिए ।

यता, पाख्रिबास नगरपालिकाले भने कोभिड- १९ को परीक्षणको व्यवस्था मिलाएको जनाएको छ।

नगरप्रमुख वृषबहादुर राईले कोभिडको आशङ्का लागेका सबै विद्यार्थी र शिक्षकको परीक्षणको तयारी भइरहेको जानकारी दिए।