
यो सातामा सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले साताभरमा सुनको मूल्य करिब १५०० रुपैयाँले बढेको जानकारी दिएको छ ।
गत साताको शुक्रबारदेखि यो साताको शुक्रबारसम्म सुनको मूल्यमा उक्त वृद्धि आएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ थियो ।
जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा प्रतितोला १५०० ले बढेर ९४ हजार रुपैयाँ पुगेको छ ।
यस्तै, गत साताको शुक्रबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य हिजो शुक्रबार ९३ हजार ५०० रुपैयाँ पुगेको छ ।
यसका साथै, साताभरमा चाँदीको मूल्य समेत प्रतितोला ६० रुपैयाँले उकालो लागेको महासंघले जानकारी दिएको छ ।
चाँदी गत साताको शुक्रबार प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
जुन, हिजो शुक्रबार तोलामा १२ सय ५० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।