सुनको किनबेच गर्दै हुनुहुन्छ ? यस्तो छ आजको मुल्य

काठमाडौं । गत साता लगातार बढेर उच्च रेकर्डमा पुगेको सुनको मुल्य केहि दिनदेखि भने स्थिर रहेको छ ।

 

सोमबार छापावाल सुन प्रतितोला ७० हजार रुपैयाँ तथा तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

त्यस्तै आज सुनसँगै चाँदीको भाउपनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८२५ रुपैयाँमा कारोबार भईरहेको छ ।

 

काठमाडौँ उपत्यकाभन्दा बाहिरका जिल्लामा भने सुनको भाउ केही बढी पर्न सक्नेछ ।