पूर्वयुवराज्ञी हिमानी अमेरिकामा : हिमानी ट्रष्टको शाखा उद्घाटन गर्ने

काठमाडौँ :  पूर्वयुवराज्ञी हिमानी शाह अमेरिकामा पुगेकी छन् । हिमानी ट्रष्टमार्फत समाजसेवामा सक्रिय रहँदै आएकी उनी ट्रष्टकी अध्यक्ष पनि हुन् ।

अमेरिकामा ट्रष्टको शाखा खोल्ने भएपछि उनी वासिङटन डिसी पुगेकी हुन् ।

हिमानी ट्रष्ट अमेरिकाको बिहीबार उद्घाटन हुँदै छ । पूर्वयुवराज्ञी हिमानी सोही शाखा उद्घाटन गर्न अमेरिका पुगेकी हुन् ।

हिमानीले पछिल्लो दशक हिमानी ट्रष्टमार्फत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्दै आएकी छन् ।

समाजसेवामा सक्रिय रहेकी उनी ट्रष्टको शाखा उद्घाटन गर्न अमेरिका पुगेकी हुन् ।