
मोरङ/ मोरङको बेलबारीमा एक युवाको शब फेला परेको छ ।
मोरङको कानेपोखरी गाँउपालिका १ होक्लाबारीका १८ वर्षीय आयुष गिरीको शव आज विहान बेलबारी ७ को नहरको डिलमा भेटिएको हो ।
शव पोष्मार्टमका लागि उर्लावारी स्थित मंगलबारे अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिएका छन् । गिरीको शरीरका विभिन्न अंगमा चोटपटक देखिएकोले हत्या भएको स्थानीयले बताएका छन् । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।