पूर्वप्रधानन्ययायाधीश शर्माको निधनमा आइतबार देशभरका अदालत बन्द

काठमाडौँ : आइतबार देशभरका अदालत बन्द हुने भएका छन् ।

सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आइतबार शोक बिदा दिने निर्णय गरेको हो ।

बैठकपछि मुख्य सहप्रवक्ता देवेन्द्र ढकालले प्रेस विज्ञप्तिजारी गर्दै अइतबार देशभरका जिल्ला, उच्च, सर्वोच्च, विशेष तथा न्यायाधिकरण शोक बिदाका रुपमा बन्द रहने जनाएका छन् ।

पूर्वप्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा बुधबार निधन भएको थियो ।

मुलुकबाहिर रहेका परिवारका सदस्यहरू आएपछि उनको आज नै अन्त्येष्टि गरिएको हो ।

शर्मा २०५४ चैत ३० गतेदेखि २०५६ मंसिर ३० गतेसम्म सर्वोच्च अदालतमा प्रधानन्यायाधीश रहेका थिए ।