आशा लघुवित्तको नाफा २४ प्रतिशतले बढ्यो, ईपिएस कति ?

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ८ करोड ७३ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २४.८१५ ले बढि हो ।

गत वर्षको यसै अवधिमा संस्थाले ७ करोड १६ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो। समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ५०.५० प्रतिशतले बढेर १७ करोड ५३ लाख २० हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ११ करोड ६६ लाख ३८ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि ५२.२३प्रतिशतले बढेर १३ करोड ८५ लाख २९ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ९ करोड १० लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजार रुपैयाँ र जगेडा कोषमा १८ करोड २० लाख ५० हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको  प्रतिसेयर आम्दानी (ईपीएस) ५२ रुपैयाँ ३४ पैसामा सीमित भएको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५२ पैसा रहेको छ ।