राष्ट्रिय राजनीति माओवादी कै इसारामा चलिरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय राजनीति माओवादीकै इसारामा चलिरहेको दाबी गरेका छन् ।

आज बिहान सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले देश माओवादी कै एजेण्डामा चलेकाले राष्ट्रिय राजनीति माओवादी कै इसारामा चलिरहेको दाबी गरेका हुन् । ‘प्रचण्डले राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी नै रहेको धारणा व्यक्त गरेका छन् ।

बिज्ञापन

साथै उनले गठबन्धन स्थानीय चुनावसम्म कायमै हरने समेत बताएका छन् । माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न आएका उनले एमसीसी पास भएपछि गठबन्धनमा कुनै समस्या उत्पन्न नभएको समेत जिकिर गरेका छन् ।

साथै अध्यक्ष प्रचण्डले एमसीसी पास भएर देश ठुलो दुर्घटना हुनबाट बचेको समेत बताएका छन् । प्रचण्डले एमसीसी पास भएपछि माओवादी भित्र देखिएका अनेकन समस्याहरू समाधान भैसकेको समेत दाबी गरेका छन् ।