
काठमाडौं । आज पनि नेपालीहरु भारत लगायतका देशहरुमा सीमाक्षेत्रमा काम गर्दै आइरहेका छन् । नेपालमा बढ्दो बेरोजगारीले गर्दा नेपाली युवाहरु आजका दिनमा पनि विदेशी भुमिको रक्षा^का लागि जान बाध्य छन् । यो बीचमा यसलाई रोक्जुपर्ने आवाजहरु पनि उठ्दै आ$इरहेका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले नेपालीहरुलाई बिदेशी सेनामा भर्ती हुन रोक्न पर्ने बता*उनु भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता तथा सांसद भीम रावलले यस्तो माग गर्नुभएको हो । नेपाली बिदेश सेनामा भर्ती गराउने राणा शासनले थोपारेको गलत सम्झौताबाट देशलाई मुक्त गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली युवायुवतीलाई बिदेशी सेनामा भर्ती गरिने ने*पालको सार्वभौमसत्तामा आँच पु¥याउँने निरंकुश राणा शासनले थोपारेको गलत सम्झौताबाट देशलाई मुक्त गर्न पर्छ । भुतपूर्व गोरखाका न्यायोचित आवाजहरु सुनिनु पर्छ र त्यसलाई सम्बोधन गर्नु पर्छ ।’ उहाँले स्वाधिन लोकतान्त्रिक ग*णतन्त्रले यो काम गर्नै पर्ने बताउनुभयो ।
साथै उहाँले बिदेशी सेनासँग नेपाली सेनाको सैन्य अभ्यासप्रति पनि आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, ‘प्राकृतिक विपदको सामना गर्ने उदेश्यमा सिमित रहेर सुरक्षा निकायकाबीच तालिम र अनुभवको आदन* प्रदान गर्न सकिने भए पनि ठुलै संख्यामा सेनालाई संलग्न गराएर द्धिपक्षिय सैनिक अभ्यासमा पनि नेपाल अब संलग्न हुनु हुँदैन ।’
उहाँले महत्वपुर्ण र संवेदनशिल तथ्याङहरु पनि बिदेशी सर्भरमा राख्न नहुने बिचार व्यक्त गर्नुभयो । राष्ट्रिय परिचय पत्र , गाडीका नम्बर प्लेट , कर र महसुल संकलनका अभिलेखहरु नेपालमा र नेपाल सरकारकै मातहतमा रहने गरी व्यवस्था गर्नु पर्ने माग गर्नुभयो ।