प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक माघ २६ गते बस्ने

काठमाडौं- आज बस्ने तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । कोरोनाको सम्भावित जोखिम यथावत् रहेको भन्दै बैठक स्थगित गर्नुपरेको संसद सचिवालयले जनाएको हो ।

अब बैठक यही माघ २६ गते बस्ने गरी निर्धारण गरेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

गत पुस ६ गतेदेखि सुरु भएको संसद बैठक त्यसपछि पुस ७ गते बसेको थियो । पुस ७ मा बसेर स्थगित प्रतिनिधिसभा अब माघ अन्तिमसम्म नबस्ने भएको हो ।

यसअघि शनिबार नै सभामुख अग्निप्रसाद सापकोटाले आइतबार बिहान ११ बजेको लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए।