लगभग हामी समाधानको बिन्दुमा आएका छौँ : गोकर्ण विष्ट

काठमाडौं– नेकपा(एमाले) विवाद समाधन गर्न गठित कार्यदल सदस्य गोकर्ण विष्टले हिजोभन्दा आज छलफलमा प्रगति भएको बताए । केही कुरामा सहमती जुटाउन बाँकी रहेका कारण बेलुकासम्मका लागि बैठक सरेको उनले जानकारी दिए ।

विवाद समाधानको विन्दुमा आइपुगेको र अब निष्कर्षमा पुग्न धेरै समय नलाग्ने उनले बताए ।

बिज्ञापन

उनले भने – ‘हिजो दुई जना नेताहरु पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुई जना नेताहरुको बीचमा भएको सम्वाद पछाडी बसेको आजको चौथो बैठकमा दुई जना नेताबीचको सम्वादलाई समेत मध्येनजर गर्दै र कार्यदलले औपचारिक रुपमा छलफल गरेका विषयहरु र औपचारिक रुपमा छलफल शुरु हुनुभन्दा अगाडी अनौपचारिक रुपमा छलफल भएका, अभ्यास भएका पर्याप्त रुपमा गृहकार्य सहित निष्कर्षमा पुगेका ति विषयहरुका सन्दर्भमा आज छलफल गरियो । कतिपय विषयमा मोटामोटी हिजोभन्दा आज थप प्रगति भएको छ ।

केही कुरामा अझै बाँकी छ बाँकी कुराहरुलाई टुंगो लगाउनेगरी आज बेलुका नै अर्को बैठकको आयोजना गर्नेगरी बैठक स्थगित भएको छ । हामीले छलफल पछाडी निष्कर्षमा पुग्नका लागि अब त्यतिधेरै लामो समय लाग्दैन ।

लगभग लगभग हामी समाधानको बिन्दुमा आएका छौँ । हरेक दिन बैठकमा प्रगति भएको छ । कतिपय असहमती रहेको कुराहरुमा टुंगोमा पुगिरहेका छौँ । निष्कर्षमा पुग्दैछौँ । आज बेलुका धेरै हदसम्म हामीले धेरै हदसम्म समाधान खोज्छौँ । हामीलाई अब धेरै लामो समय लाग्ने अवस्था छैन ।’

एमाले कार्यदल सोमबार यता चौथो पटकसम्म बसिसकेको छ । कार्यदलको सक्रियता तथा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको बुधवार भेट भएको सन्दर्भलाई समेत हेर्ने हो भने कार्यदलको बिहीवार साँझको बैठकबाट कुनै न कुनै निर्णय आउनसक्ने नेताहरुको दाबी छ ।