सुन तोलामा तीन सय रुपैयाँले बढ्यो

काठमाडौँ : नेपाली बजारमा आज सुनको मुल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महांघका अनुसार आज तोलामा ३ सय रुपैयाँले बढेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

महासंघकाअनुसार मंगलबार सुन प्रतितोला ९१ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज भने तीन सयले बृद्धि भएको हो ।

त्यसैगरी, आज चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रतिऔंस १७ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।