
सनुसरीको इटहरीमा सोमबार राती बम बिस्फोट हुदाँ दुईजना घाइते भएका छन् । इटहरी २ नवजागृति टोलमा डेरा गरि बस्ने २२ बर्षिय रबिन थापा र लमजुङ ५ ढोडेनीका २३ बर्षिय शेरजंग गुरुङ घाइते भएका हुन । थापाको डेरा भित्रै गए राती साढे १० मा बम बिस्फोट भएको थियो ।
घाइते थापाको बिराटनरस्थित आखा अस्पतालमा उपचार भइरहेको छ भने अर्का गुरुङको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । प्रहरीको अनुसन्धानबाट सुतली बम बिस्फोट हुँदा दुवैजना घाइते भएको जनाइएको छ । घटनास्थलबाट प्रहरी हिमाल सुरक्षा परिषद नेपालको पर्चा बरामद गरेको छ ।
थापाको डेरामा गुरुङ १५ दिन अघि आएका थिए । उनले ल्याएको झोला उक्त विस्फोटक पदार्थ रहेको प्रहरीको अनुमान छ । बिस्फोट कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । राती घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी संजयसिंह थापा समेत पुगेका थिए । डेरामा बरामद भएको हिमाल सुरक्षा परिषदको पर्चा भर्खरै सशस्त्र युद्धको घोषणा गरेको संगठन हो । फागुन १५ गते यो सङ्गठनले एक विज्ञप्ति निकाल्दै सशस्त्र युद्धको घोषणा गरेको थियो ।
संघीयता खारेज, ५ विकास क्षेत्र कायम गरिनुपर्ने, हिन्दु राष्ट्रिय कायम गर्नुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सिमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने लगायतका मागहरू यो सङ्गठनले राखेको छ ।