
भारतमा पछिल्लो केही दिनदेखि कोरोना संक्रमणदर लगातार ओरालो लागिरहेको छ।
शुक्रबारको तुलनामा पछिल्लो २४ घण्टामा भारतमा २२ हजार कम संक्रमित भेटिएका छन्।
गत २४ घण्टामा त्यहाँ १ लाख ६ हजार नयाँ संक्रमित भेटिएका छन्। शुक्रबार १ लाख २७ हजार व्यक्तिमा कोरोना पुष्टि भएको थियो।
सो अवधिमा २ लाख १२ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् भने ८६५ जनाको मृत्यु भएको छ।
भारतमा हालसम्म कोरोनाबाट ५ लाख १ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। हाल भारतमा १२ लाख १७ हजार सक्रिय संक्रमित छन् ।
अहिलेसम्म त्यहाँ ४ करोड २१ लाख व्यक्तिमा संक्रमण पुष्टि भएको छ।