विश्वकप छनोटः फिलिपिन्सविरुद्व ब्याटिङ गर्दै नेपाल

काठमाडौं– विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपाल र फिलिपिन्सबीचको खेल सुरु भएको छ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा फिलिपिन्स टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।

शुक्रबार पहिलो खेलमा ओमानलाई घरेलु मैदानमा पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिएको छ ।

शुक्रबार पहिलो खेलमो ओमानलाई ३९ रनले हराएको नेपाल २ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । फिलिपिन्स भने पहिलो जितको खोजीमा छ ।

फिलिपिन्सविरुद्ध नेपालको प्लेइङ ११ः
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, जितेन्द्र मुखिया, कुशल मल्ल, गुलशन झा, अभिनाश बोहरा र सन्दीप लामिछाने (कप्तान) ।

ग्लोबल छनोट र तालिका
सिरिजपछि नेपालले फेब्रुअरी १८ देखि २४ तारिख विश्वकप छनोट खेल्नेछ । विश्वकप छनोटमा आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा नेपाल, क्यानडा, ओमान र फिलिपिन्स छन् । समूह बी मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् ।

प्रतियोगिता फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान बनाउनेछन् ।

टि–२० विश्वकप छनोट तालिका
फागुन ९ (२१ फेब्रुअरी ) – नेपालविरुद्ध क्यानडा

फागुन १० (२२ फेब्रुअरी ) – पहिलो सेमिफाइनल (समूह ए को विजेता र समूह बी को उपविजेता)

फागुन १० (२२ फेब्रुअरी) – दोस्रो सेमिफाइन (समूह बी को विजेता र समूह ए को उपविजेता)

फागुन १२ (२४ फेब्रुअरी) – फाइनल (सेमिफाइनल ए र सेमिफाइनल बी बीचको विजेता)