नेकपा एकीकृत समाजवादीको बैठक सुरु

काठमाडौ । नेकपा एकीकृत समाजवादीको बैठक बानेश्वरस्थित एक होटेलमा सुरु भएको छ । अर्याल होटेलमा सुरु भएको आजको बैठकले एमसीसीबारे ठोस निर्णय लिने बताइएको छ । उपमहासचिव गंगालाल तुलाधरले आजको बैठकको मुख्य एजेण्डा एमसीसी नै भएको बर्ताका छन् ।

‘एमसीसीसँग जोडिएका अन्य कुराहरुमा गठबन्धनको भविष्य, आफूहरूको भूमिकालगायतका बारेमा छलफल हुने र निर्णयमा पुग्ने तुलाधरको भनाई छ ।

नेता तुलाधरले एमसीसी यथास्थितिमा पास गर्नुहुँदैन भन्ने पूर्ववत् धारणा रहेको भन्दै यो बीचमा पनि एमसीसीका सम्बन्धमा धेरै अध्ययन गरिएको बताएका छन् ।

सो पार्टीको नेतृत्वले यथास्थितिमा एमसीसी पास हुन नसक्ने बताउँदै आएपनि सरकारमा रहेका मन्त्रीहरू एमसीसी पास गरेर गठबन्धन र सरकार जोगाउनुपर्ने पक्षमा रहेका छन् ।