रुसी सेनाको हमलामा सर्बसाधारणको मृत्यु

मस्को । युक्रेनमा रुसी सेनाले हमला गर्ने क्रम जारी छ । पछिल्लो हमलामा सर्बसाधारण नागरिक मर्ने क्रम बढ्दो छ ।

राजधानी किभनजिकैको सहर इरपिनमा रुसी सेनाले गरेको फयरिङमा एक महिला र उनका दुई सन्तानको मृत्यु भएको छ ।

रुसले किभमा बृहत हमलाको तयारी गर्न लागेको युक्रेनका सुरक्षा अधिकारीहरुले चेतावनी दिएका छन् ।

युक्रेनी शहरहरूमा दशौँ हजार सर्वसाधारण फसिरहेको र त्यहाँ मानवीय संकट गहिरिएको बताइएको छ ।

यसैबीच, राष्ट्रसंघले युक्रेनबाट १५ लाख मानिस बिस्थापित भएको जनाएको छ ।