
काठमाडाैं । हाल बङ्गलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ।
दिउँसो नेपालका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ।
पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना छ ।
मंगलबार पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।
बुधबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन, चटयाङसहित हल्का वर्षाको सम्भावना छ ।